बुटवल , लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सडक गुरुयोजना निर्माण गरी १२ जिल्लाका सडकहरु निर्माण भइरहेको बताएका छन् ।
एसियाली विकास बैंक एडिबीको सहुलियतपूर्ण ऋणमा संचालित ग्रामीण सडक संजाल सुधार आयोजना ए।एफ।आरसिआपिएफ लुम्बिनी प्रदेशले निर्माण तथा स्तरोन्नती गर्न लागेको रुपन्देहीको भगवानपुर–धक्धई–खैरेनी सडक खैरेनी शंकरपुर खण्ड को शिल्यान्यास गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।
प्रदेशका मुख्य सडकलाई गुरुयोजनामा समावेश गरेर सोही अनुसार काम गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले गुणस्तरीयता कमि हुन नदिने गरी काम गराउन कर्मचारीलाई निर्देशन दिएका हुन् ।
स्थानीय सरकारले पनि स्थानीय सडक गुरुयोजना निर्माण गरेर काम गर्नुपर्ने बताउँदै ढकालले विकास गाउँ पुगेसँगै गाउँबाट सहर झर्नेको संख्यामा कमी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले एशियाली विकास बैंक ९एडिवि० को सहुलियतपूर्ण ऋणमा योजना अघि सारिएको जानकारी दिए ।
कार्यक्रममा ग्रामीण सडक सुधार संजाल आयोजनाका प्रमुख नरेन्द्र खड्काले ५० करोडको आयोजना ३७ करोड ९ लाख ३३ हजार रुपैयाँमा बानियाँ निर्माण सेवा प्रा।लि हेटौंडाले ठेक्का सम्झौता गरेको जानकारी दिए ।
सो ठेक्का दुई वर्षमा सम्पन्न गर्ने गरी २०८१ मंसिर १७ गते सम्झौता भएकोले २०८३ पुस ८ गतेभित्र सम्पन्न गर्ने आयोजनाको उद्देश्य रहेको खड्काको भनाइ छ ।
आयोजना प्रमुख खड्काका अनुसार सडकको लम्बाई १२।२८ किलोमिटर हुने र चौडाई १० मिटर हुनेछ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य आशिष कुमार चौधरीले गुणस्तरीय सडक तोकिएको मितिमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेल, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले सडकको काम गुणस्तरीय गुनासो नआउने गरी गराउन प्राविधिकहरुलाई आग्रह गरेका थिए ।
स्थानीयबासिको सहयोग र समन्वयमा ठेक्का सम्झौता भएको समय अगाडि नै सडक निर्माण सम्पन्न गर्ने बानियाँ निर्माण सेवाका इन्जिनियर सरोज चौधरीले बताए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्