तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय उद्यमी महिला प्रशिक्षक प्रशिक्षण कार्यक्रम

तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय उद्यमी महिला प्रशिक्षक प्रशिक्षण कार्यक्रम

तिलोत्तमा,  रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय उद्यमी महिला प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वुमन एक्टको आयोजनामा प्रदेशका ८ वटा स्थानीय तहका महिला उद्यमीको सहभागीतामा प्रशिक्षण भएको हो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यस्ता तालिमले महिला दिदीबहिनीलाई अघि बढ्न हौसला प्रदान गर्ने, क्षमता विकास गर्ने, उद्यमशीलता फस्टाउने र बजारीकरण गर्न सहज हुने बताए । तिलोत्तमा नगरपालिका महिलामैत्री पालिका बन्ने तयारीमा रहेकाले पनि विभिन्न संस्थाले महिलासँग सम्बन्धित कार्यक्रम गरिदिदा आफूहरुलाइ झनै सरल भएको र महिलाको विकासमा टेवा पुगेको उनले जनाए । आत्मनिर्भर महिलाले आर्थिक रुपमा सबक भए कसैसँग हात फैलाउन नपर्ने बरु घरको सम्पूर्ण जिम्मेवारी एक्लै पूरा गर्न सक्ने भएकाले पनि कार्यक्रमहरु फलदायी हुने उनले बताए । महिलालाई उद्यमी बनाउन पालिकाले समेत लगानी गरेर सीप विकास, उद्यमी तालिम दिइरहेको भन्दै उनले यसबाट अघि बढी महिलाले स्वावलम्बनको बाटो रोज्नुपर्ने बताए । नगरप्रमुख खाणले अहिलेको युगमा सीप भएको नागरिक नै धनी नागरिक भएकाले सीप सिकेर उधमी बन्ने र त्यसलाइ जिउने माध्यम बनाउन सक्ने हुनुपर्ने बताए ।

 

त्यस्तै वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेले महिलालाई उधमसँग जोड्न तिलोत्तमाका हरेक वडामा बजेट बिनियोजन भएको र सोही अनुसार कार्यक्रम समेत गरिराखिएको बताए । उनले महिलाले उत्पादन गरेका वस्तु विक्री वितरण र उत्पादन चिनाउन कार्यक्रम माध्यम बन्ने बताए । उनले महिला जसले उत्पादन गर्छन् उनीहरुले आफ्ना उद्यम सानो भए पनि चिनाउन उत्पादित वस्तु विक्री गर्न नलजाइकन अघि सर्नुपर्ने बताए । वडा नम्बर ५ मा १० हजार उद्यमी महिला रहेको र सबैलाई उकास्न वडास्तरका कार्यक्रम गर्ने गरेको बताए ।

उक्त कार्यक्रममा बोल्दै वुमन एक्टका कार्यक्रमका संयोजक प्रकाश अधिकारीले प्रशिक्षणमा ब्रान्डिङ, प्यकेजिङ, मार्केटिङ च्यानल फाउण्डेशन लगायतका विषयमा सिकाइ सहभागीले आफ्ना वडा तथा पालिकामा रहेका अन्य उद्यमीलाइ सिकाउने र सन्जाल बनाएर उत्पादन विक्री गर्न सक्षम बनाउने बताए ।

 

संस्थाकी अध्यक्ष सृजना अधिकारीले महिलाको जीवन परिवर्तनको माध्यम उनको सीप, उनको काम र उनको आत्मनिर्भरता हुने बताइन् । उनले महिला इलम गर्न सक्ने खालको बनाउन आफूहरुले यसअघि पनि धेरै कार्यक्रम गरेको र उधमशीलतासँग जोडन सके मात्र महिलाको स्वयं विकास गर्न सकिने ठानेर कार्यक्रम ल्याइएको जनाइन् । उनले आगामी वर्ष तिलोत्तमामै अहिले सहभागी भएका भन्दा धेरै महिला सहभागी गराइ बृहत् कार्यक्रम गर्ने बताइन ।

तालिममा लुम्बिनी प्रदेशको ८ वटा पालिका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, रामग्राम, सुनवल, बुद्धभूमि, नेपालगंज, कोहलपुर नगरपालिका र सियारी गाउँपालिकाका गरी ३० बढी महिला उधमी सहभागी भएका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij