काठमाडौं : गुल्मीको रेसुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दाङको गडवा गाउँपालिका ३ का २७ वर्षीय निशान चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुका अनुसार सोमबार बिहान तम्घास आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका ६ सिमाघाटमा दुर्घटनामा परेको हो।
चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। मोटरसाइकल बाटो छेउको नालीमा पल्टिँदा घटनास्थलमै उनको मृत्यु भएको डीएसपी सारुले जानकारी दिए।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्