ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गयो

ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गयो

कपिलवस्तु, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरामा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । पर्शुराम यादवको घरमा जेठ ११ गते बिहान करिब ७ बजे खाना बनाउने क्रममा ग्यासको रेगुलेटरबाट ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी उनको २४ वर्षीय छोरा शिव कुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको हो । आगलागीबाट गम्भीर घाइते उनीहरुको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताए ।

घरको भान्साकोठामा खाना पकाउने तयारी भइरहेकै बेला रेगुलेटर जडान गर्दा ग्यास लिक भई गोठमा बलेको आगोले समात्दा आगलागी भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट प्रहरी टोली खटिएको थियो । स्थानीयवासीहरूको सहयोगमा आगो ७ः३५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगालागीबाट अन्य भौतिक क्षति नभए पनि शिव कुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

दुबै गम्भीर घाइतेलाई उपचारका लागि तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगिएको थियो । तर शिवकुमारलाई थप उपचारका भारतको गोरखपुर मेडिकल कलेजमा लगिएको थियो । सोनमको भैरहवा र शिवकुमारको गोरखपुर लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत हुनु हुन्थ्यो । विद्यालयका प्र।अ।लाल चन्द्र पाण्डेका अनुसार सोनम विद्यालयमा मेहननी छात्रा थिइन । हरेक कार्यक्रममा सकृय हुन्थिन् । आगोमा जलेर गुमाउनु निकै दुखद हो । मृतको चिर शान्तीको लागी सोमबार विद्यालयले शोक विदा राखेको पाण्डेले बताए

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij