दाउन्ने सडक पूर्ण रूपमा बन्द

दाउन्ने सडक पूर्ण रूपमा बन्द

बर्दघाट, बिहीबार रातिदेखि परेको पानीको कारण दाउन्ने सडक खण्ड पूर्ण अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक अवरुद्ध बनेको हो । बर्दघाट बजार देखी करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ८ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको अस्थायी ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी नायव निरीक्षक तिर्थराज भुसालले जानकारी दिए । खोर्सानी खोलामा आएको बाढीको कारण पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको तरकारी बोकेको लु३ च ८४९३ नम्बरको बलेरो जिप समेत बगाएको छ । जिप बगाए पनि कुनै पनि मानवीय क्षति भने नभएको भुसालले जानकारी दिए । शुक्रबार राती करिब २ बजेबाट अवरुद्ध सडक बिहान सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

 

भस्किएको सडक मर्मत गरी सवारी सञ्चालनको कोसिस गरिए पनि सडक पुनः दबिएपछि एकतर्फी सामान्य सञ्चालनमा भएको प्रयास पनि रोकिएको छ । दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ । गए राती देखी नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् । सोही स्थानमा गत शुक्रबार समेत सडक भासिए पछि पूर्ण रूपमा अवरुद्ध बनेको सडक करिब ११ घण्टापछि सवारी सञ्चालनमा आएको थियो

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij