अन्तर्राष्ट्रिय दुध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

अन्तर्राष्ट्रिय दुध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

अन्तर्राष्ट्रिय दुध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बसतुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम हुनु भएको छ । त्यसैगरी स्कलर्श होमकी स्लेसा शर्मा द्वितीय, न्यू होराईजनकी तेजश्वी नेपाल तृतीय तथा ग्यानोदय माध्यमिक विद्यालयका दिपेश रोकाय र नवरत्न माध्यमिक विद्यालयकी समिक्षा लम्पाल सान्त्वना भएको मुल्यांकन समिति सदस्य पशुपंछी निर्देशनालयका नरेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका १७ विद्यालय सहभागि थिए । हरेक वर्ष जुन १ मा अन्तर्राष्ट्रिय दुध दिवस मनाउँदै आईएको छ ।
उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नगद पुरस्कार सहित सम्मान गर्नुभयो । प्रतियोगितामा प्रथमलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तैगरी द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई जनही १ हजार रुपैंया पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले विस्तारै दुध तथा दुग्धजन्य पदार्थको उपभोग बढ्दै गएको उल्लेख गर्दै चिसो प्येय पदार्थको ठाउँमा मोहीको प्रयोग बढीरहेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले दुधको खपत बढाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पाण्डेयले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा जोड दिँदै त्यसका लागि दुग्ध उत्पादक किसान, संकलक, सप्लायर्स तथा डेरी व्यवसायीलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दुध के हो, दुधमा के छ ?, जस्ता कुराहरुको सन्देश प्रवाह गर्न सकियो भने त्यसले दुधको खपत बढाउने र व्यवसायिक विकास पनि हुने बताउनु भयो । आजका विद्यार्थी भविश्यका कर्णधार भएकाले उनीहरु  मार्फत दुधको उपयोगका बारेमा सन्देश दिनको लागि वक्तृत्वकला प्रतियोगिता गरिएको उहाँले बताउनु भयो । उहाँले विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागि गराउँदै गर्दा भोलीका दिनमा उनीहरुमा उद्यमशिलताको विकास हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश सरकार पशुपंछी निर्देशनालयका पशु चिकित्सक लोकराज भुसाल, संघका उपाध्यक्ष सुरज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij