मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सामूहिक सरसफाइ अभियान सुरु

मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सामूहिक सरसफाइ अभियान सुरु

बुटवल — मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, बुटवल–१९ को आयोजनामा सामूहिक सरसफाइ अभियान २०८२ सुरु गरिएको छ। वातावरण सफा राखौ स्वस्थ बनौ भन्ने उदेश्य सहित आयोजना गरिएको सरसफाइ अभियानमा बुटवल १७,१८र१९ का विभिन्न टोल विकास संस्था, उपभोक्ता समूह, सहकारी, विद्यार्थी, शिक्षक, पत्रकार तथा जनप्रतिनिधिको उल्लेखनीय सहभागिता रह्यो।

सरसफाइ अभियान अन्तर्गत ३५ वटा टोल विकास संस्थाका स्थानीय बासिन्दा, उपभोक्ता समिति, विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधिहरूले टोली बनाएर विभिन्न स्थानका खुला क्षेत्रमा फ्यालिएका प्लास्टिकका झोला, बटुका, बोतल,फोहोर बस्तुहरु उठाएका थिए।

यस अभियानले मोतिपुर क्षेत्रमा सफा, सुग्घर, सुन्दर र हरियाली वातावरण बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

संस्थाले सहभागी सबैप्रति आभार व्यक्त गर्दै सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाएको छ।
संस्थाका अध्यक्ष खोमरज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै सफा र स्वस्थ समाज निर्माणमा हामी सबैको भूमिका जरुरी रहेको बताउनुभयो ।उहाँले स्थानीय स्तरमा यस्ता अभियानले सचेतना फैलाउने काम गर्ने बताउनुभयो।कार्यक्रममा संस्थाका सल्लाहकार ओम बहादुर घिमिरे, पूर्व अध्यक्ष सन्त राणा, र सिम्रिक टोल अध्यक्ष लक्ष्मण थारुले मन्तव्य राख्नुभयको थियो।भने कार्यक्रम सन्चालन सचिव केशव राज पाण्डेले गर्नुभएको हो ।मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव केसव पाण्डेले यस्ता अभियान आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने बताउनुभयो।
आज सरसफाई अभियान अन्तर्गत आज ८ सय बोरा फोहोर संकलन भएको संस्थाले जनाएको छ । प्रत्येक महिना यो सरसफाई अभियानलाई निरन्तरता दिइने सह–सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयो।
कार्यक्रमको सह आयोजकको रुपमा बुटवल उपमहानगरपालिका,बुटवल उपमहानगरपालिका वडा नम्बर १७,१८,१९ को कार्यालय,संगालो बचत तथा ॠण सहकारी संस्था बुटवल १७, गह्रो कालिका उद्यमी सहकारी संस्था लि बुटवल १७,सिम्रिक सहकारी संस्था लि बुटवल १७,सहारा बहुउदेश्य संस्था बुटवल १८,अनुपम इन्टरप्राइजेज बुटवल, संयुक्त चत तथा ॠण सहकारी संस्था बुटवल १८,आस्था फुटवेयर बुटवल १८ रहेको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij