दुर्घटनामा घाइते स्वास्थ्य शाखा प्रमुख यादवको उपचारको क्रममा निधन

दुर्घटनामा घाइते स्वास्थ्य शाखा प्रमुख यादवको उपचारको क्रममा निधन

रुपन्देही ,  रुपन्देही कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत ) राम निवास यादवको निधन भएको छ । बुधबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका यादवको सोमबार उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो ।

बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडीको सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा यादव घाइते हुनुभएको थियो ।

दुर्घटनापछि उहाँलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि यादवलाई थप उपचारका लागि शनिबार भारतको लखनउ लगिएको थियो । उपचारको क्रममा आज दिउँसो २ बजे उहाँको निधन भएको कोटहीमाई गाउँपालिकाले जानकारी दिएको छ ।

यादवको निधनप्रति शोक दुःख गर्दै गाउँपालिकाले जेठ २० गते मंगलबार शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा अतिआवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक विदा दिइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij