सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

बुटवल , नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहोन गर्नेहरुको पल्टन नै तयार भएको बताएका छन् ।अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताएका हुन् । ‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पद अनुसार लाभ लिने काम भइरहेको छ’ उनले भने । उनले नेपालको अर्थतन्त्र दलाल पूँजीबाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन नसकेको बताए ।

‘राजेगारी सृजना गर्ने पूँजी राष्ट्रिय पूँजी हो, रोजगारी सृजना नगर्ने तर नाफा कमाईराख्ने दलाल पूँजी हो, यसलाई फेर्नुपर्छ’ उनले भने । महासचिव भुसालले नेपालको अर्थतन्त्रको माथिदेखि तलसम्मको चरित्र दलाल पूँजीको रहेकाले यसलाई फेर्न निकै कठिन रहेको बताए । उनले नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगती नहुने बताए ।

दलाल पूँजीवाद अर्थतन्त्र फेर्नपर्छ, फेर्न सजिलो छैन, किनभने यसले संसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, अदालत किन्छ, पार्टी पनि किन्छ, अदालत किन्छ, न्यायधिशलाई किन्छ उनले भने –‘विहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन, पुलिस प्रशासन सबै त्यसैका हुन्छन ।’ भुसालले यस्तो प्रवृत्तिसँग लड्ने पार्टीभित्र र बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने बताए । उनले नेपालको विकास नहुनुको पछाडि बौद्धि क्षेत्रको भूमिका पनि कारक रहेको बताए । उनले बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्न सक्ने बताए ।

उनले बुटवललाई कर्मथलो बनाएका मनिकर कार्कीले अर्थदृष्टि पुस्तकबाट नेपालको अल्पविकासको ऐठनलाई प्रस्तुत गरेको बताए । उनले नेपाल पृथ्वीनारायण शाहको पालाको करवि सय बर्ष एकिकरण र युद्ध, राणकालको सय बर्ष बढि राणहरुको मोजमस्तीमा राज्यश्रोत खर्च हुँदा पनि विकास हुन नसकेको बताए ।

उनले बुटवललाई फेरी बौद्धिक व्यक्तिहरुको थलोका रुपमा अर्थदृष्टि पुस्तकको विमर्शले उठाउने विश्वास समेत व्यक्त गरे । उनले विकासको मोडेल, इतिहासको चरणदेखि नेपाल अल्पविकासमा हुनुको ऐठनलाई पाठकहरुलाई सँगसँगै डो¥याउने काम पुस्तकले गरेको बताए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij