प्रेस युनियनद्वारा आयोजित विकास पत्रकारिता तालिम समापन

प्रेस युनियनद्वारा आयोजित विकास पत्रकारिता तालिम समापन

बुुटवल

नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ र निर्भिक भएर उभिनुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरुले सधै आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताउनुभयो ।

तालिममा प्रमुख प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल,प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,सल्लाहकार माधव नेपाल,पूर्व अध्यक्ष खिमानन्द भट्टराई, हरिष ढकाल, भवानी प्रसाद पाण्डे,अग्रज बिष्णु भुसाल लगायतले अनुभवसहित सहजीकरण गरेका थिए ।

प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा रुपन्देहीका करिब १ सय ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रेस युनियनका सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको छ । पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ । कार्यक्रममा सर्जक पाण्डेयले युनियन गरेको सम्मानप्रति आभार ब्यक्त गर्नुभयो ।

युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो भने तालिमको संयोजकमा उपाध्यक्ष कल्पना तिवारी रहुनभएको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij