काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड आजदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागेको जानकारी गराएको हो ।
सूचना अनुसार राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहनेछ । मुग्लिनबाट मलेखुतर्फ गुड्ने ठूला गाडीलाई मुग्लिन र साना गाडीलाई कुरिनटारमा रोकिने सूचनामा उल्लेख छ ।
यस्तै मलेखुबाट मुग्लिनतर्फ गुड्ने गाडीमध्ये ठूला गाडी मलेखु र साना गाडी शीतल बजारमा रोकिनेछन् । गाडी रोकिएको ठाउँबाट बिहान ३ बजेमात्रै अगाडि बढ्न दिने पनि सूचनामा उल्लेख छ
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्