एयर इन्डिया विमान दुर्घटना : मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज नचढेका !

एयर इन्डिया विमान दुर्घटना : मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज नचढेका !

काठमाडौँ
भारतको अहमदाबाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ ।

हालसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको र अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम अझै जारी रहेको छ ।

गत बिहीबार दुर्घटनामा परेको त्यस एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुसहित २४२ जना थिए, जसमध्ये एक यात्रु मात्रै बाँच्न सफल भए ।

यसबाहेक विमान खसेको बीजे मेडिकल कलेज होस्टेलमा रहेका डाक्टर तथा कर्मचारी गरी ३४ जनाको पनि मृत्यु भएको हो ।

एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान यही जुन १२ तारिख (जेठ २९) दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलको रनवे २३ बाट लन्डनका लागि उड्नासाथ घना बस्ती भएको क्षेत्रमा खसेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार, विमान केही सेकेन्डमै असन्तुलित भयो र विमानस्थलको सीमा बाहिर भवनमाथि खस्यो । दुर्घटना भएको केही समयपछि आगो लाग्यो र विमानबाहिरका मानिसकाे पनि मृत्यु भयो ।

विमान दुर्घटनाबारे औपचारिक रूपमा अनुसन्धान सुरु गरिसकिएको भारत सरकारले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij