कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा

गुल्मी ,  पहिरोका कारण अस्ति सोमवारदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडकको पहिरो आशिंकरुपमा हटाएपछि हिजो बेलुकादेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

कालीगण्डकी गाउँपालिका–६ को बरल्बामा अस्ति दिउँसो सडक माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि सडक पुर्णरूपमा अवरुद्ध थियो ।

सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र उपकरण प्रयोगगरी सडक छेउको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालन गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, असार ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij