काठमाण्डौ , पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।
गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।
डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।
अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ ।
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्