लुम्बिनी , गण्डकी, कर्णाली र सुदुरपश्चिममा आज ठूलो बर्षाको सम्भाबना

लुम्बिनी , गण्डकी, कर्णाली र सुदुरपश्चिममा आज ठूलो बर्षाको सम्भाबना

काठमाण्डौ – अहिले देशको पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । सूदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा धेरै पानी परिरहेको छ । पूर्वी नेपालमा वर्षा घटेको र पश्चिममा धेरै वर्षा गराउने प्रणाली अबको ४–५ दिन नै सक्रिय हुने सम्भावना रहेको जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।

अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यस्तै भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकोले देशभरको आकाशमा बादल लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा हावाहुरी र चट्याङसहितको वर्षा हुन सक्ने सम्भावना छ । यस्तै राति पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij