काठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशीमा हल्का वर्षा भइरहेको बेला मधेस र बागमती प्रदेशमा बादल लागेको छ ।
गएराति खोटाङ, चितवन, म्याग्दी, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । गएराति कम वर्षा भएको तराई क्षेत्रमा आज ठूलो पानी पर्नसक्ने सम्भावना छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले खोटाङ, दोलखा, चितवन जिल्ला आसपास भएर बग्ने स–साना खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । दोलखाको खिम्ती खोला, चितवनको काली खोला र यस्तै अन्य साना नदीहरूमा बाढी र पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति : आइतबार, असार ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्