बुटवल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न २४ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको हो ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी क्षेत्री, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कंडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सह–सचिवमा डिल्लीराज अर्याल दीपक र सह–कोषाध्यक्षमा खुमराज ज्ञवाली राजन सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसै गरी सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय ९सुरज०, सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बोल्दै उहाँले बुटवललाई पर्यटकीय र साँस्कृतिक शहरको रूपमा विकास गर्ने गरी उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, असार ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्