काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएकाे छ । आज दिउँसाे ३ बजेसम्म बन्द गरिएकाे सडकमा अहिले नियमित रूपमा दुईतर्फी गाडी चल्न थालेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना नगरपालिका–६ काे तुइनभीरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकाेमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।
कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको एक्स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्