बुटवल । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरको नतिजा अनुसार लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । गत वर्षको चैत ७ गतेदेखि एसईईको परीक्षा सञ्चालन भएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेस प्रदेशमा ५९ हजार ७४९, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९, सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना र कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना विद्यार्थी ग्रेडिङमा पर्न सफल भएका छन् ।
देशभरबाट ग्रेडमा २ लाख ७१ हजार २९९ जना परेका छन्। देशभरबाट जम्मा ननग्रेडमा पर्ने विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ जना छन्। यस वर्ष सबैभन्दा धेरै गणित विषयमा विद्यार्थी ननग्रेडमा परेका छन्। १ लाख २८ हजार २१५ जना विद्यार्थी गणित विषयमा ननग्रेडमा परेका हुन्। त्यस्तै अंग्रेजीमा ८० हजार ६७२ र नेपालीमा ५४ हजार ७३५ जना पनि ननग्रेडमा छन्।
देशभरबाट ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए। यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन्। यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो।
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्