काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न, विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक सङ्घ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच आज भएको सम्झौतापछि बोल्दै उहाँले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो ।
काठमाण्डाै उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भए वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको हाे । काठमाण्डौ उपत्यकाबाहिर भने वायु सेवा सञ्चालकले आवश्यक परेको खण्डमा अपरेशन कस्ट लिएर उद्धार गर्ने समझदारी भएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्