काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका दुवै दलले आज पनि बैठक बहिष्कार गरेका हुन् ।
यसैबीच सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा हेरफेर भएको विषयमा छानबिन गर्न गठन भएको संसदीय समितिको पहिलो बैठक बसेको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।
छानबिन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई–दुई जना सांसद छन् भने नेकपा (माओवादी) केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेस सांसद जीवन परियार नेतृत्वको यस समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।
प्रकाशित मिति : मंगलबार, असार २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्