एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता

एकता घोषणासभा काठमाडौँ, २ साउनः नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियान बीच शुक्रबार काठमाडौँ राष्ट्रियसभागृहमा एकता घोषणासभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाण्डौ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज एकता घोषणा भएको छ ।

काठमाण्डौमा आज एक कार्यक्रमका बीच नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नुभएको हो । नेता गौतमले एकीकृत समाजवादीमा आउन चार वर्ष लागेको समेत उल्लेख गर्नुभयो ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेकपा एकता राष्ट्रिय अभियानसँगको एकता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा हुँदै गर्दा उपस्थिति नेता तथा कार्यकर्ताले हुटिङ गरेका थिए । साथै नेताहरूबीच अङ्कमालसमेत भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij