काठमाण्डौ – आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
विशेषगरी आज रातिदेखि कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वका इलाम र झापासहित केही ठाउँमा गएराति पनि ठूलो पानी परेको थियो । कोशी, बागमती र कर्णालीका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कतै कतै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले पर्सि सोमवारसम्म सकभर लामो दूरीको यात्रा नगर्न पनि उहाँको सुझाव छ ।
प्रकाशित मिति : शनिबार, साउन ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्