पर्वत ,पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ । आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ ।
मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।
प्रकाशित मिति : आइतबार, साउन ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्