बुटवल ।
बुटवल १२ स्थित नयाँगाउँमा रहेको मुक्तिनाथधाममा साउनको पहिलो सोमबार जलार्पण गर्नेहरुको भिड लागेको छ
आज एकादशी पनि परेकाले भक्तजनको धेरै भिड देखिएको छ । साउन महिनामा भगवान् शिवको पूजा तथा आराधना गरी महिनाभरि नै मनाउने गर्दछन् ।
साउनको पहिलो सोमबारको अवसरमा भएको रुद्धाभिषेक आरजीमा धामका संरक्षक लोकानन्द स्वामी, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रहरी प्रमुख प्रदिपबहादुर क्षेत्रि, बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।
अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मुक्तिनाथधाम बुटवलको पहिचानको रुपमा रहेको बताए । बुटवल आर्थिक र शैक्षिक रुपमा अब्बल रहेको बताउँदै प्रमुख पाण्डेयले बुटवललाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने पँचुर सम्भावना रहेको र वार्षिक ५० लाख पर्यटक भित्राउन सकिने बताए।
बुटवललाई धार्मिक पर्यटनको केन्द्र बनाइ मुक्तिनाथधामलाई सूचना केन्द्र बनाउन सकिने प्रमुख पाण्डेयले बताए । बुटवललाई आवश्यक पर्ने धार्मिक पूर्वाधारको तयार गर्नका लागि आफु सक्रिय रुपमा लागिरहेको प्रमुख पाण्डेयले बताए।
यस्तै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गौतमबुद्धको जन्मस्थलसँग नजिक भएकाले पनि बुटवललाई पर्यटनको केन्द्र बनाउन सहज रहेको बताए ।
कार्यक्रम संयोजक गोपाल पाण्डेयले मुक्तिनाथधाममा दर्शन गर्न आउनेहरु भक्तजनहरुका लागि सहज रुपमा पुजाआजा गर्ने व्यवस्था मिलाइएको बताए ।
आज एकादशी पनि परेकाले विगतका वर्षभन्दा साउनको पहिलो सोमबार भक्तजनहरुको भिड बढी रहेको बताए । साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ साउनमा परेका सोमबार भगवान् शिवको पूजाअर्चना र उपवास बस्ने परम्परा छ। त्यसैले श्रद्धालु शिवालय पुगी पूजा आराधना गर्छन्।
प्रकाशित मिति : सोमबार, साउन ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्