राष्ट्रिय परिचयपत्र सम्बन्धी काम आंशिक रूपमा अवरुद्ध

राष्ट्रिय परिचयपत्र सम्बन्धी काम आंशिक रूपमा अवरुद्ध

काठमाण्डौ – राष्ट्रिय परिचयपत्र सम्बन्धीको सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना निकालेर राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको हो ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकोले सेवा आशिंक रूपमा अवरुद्ध भएको हो । मर्मत पूरा नभएसम्म केही सेवाहरु आंशिक रूपमा बन्द भएको सूचनामा उल्लेख छ ।

अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर/जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् । मर्मतको काम पूरा भएपछि सेवा फेरि नियमित हुने र यसबारे जानकारी गराइने विभागको भनाइ छ ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij