काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको माग राखेर जेठ १३ गतेदेखि संसद्मा अवरोध गर्दै आएका दुवै दलले आज पनि बैठकको शुरूमा आफ्ना कुरा राखेर बाहिरिएका हुन् ।
जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेला अवरोध नगरेका दुई वटै दलले त्यसयता अवरोधसहित बहिष्कार गर्दै आएका हुन् । दुई वटा दलको अवरोध र बहिष्कारकै बीच पनि सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गर्दै आउनुभएको छ ।
आजको बैठक शुरू हुनासाथ राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले रास्वपा सांसद डा। तोशिमा कार्कीलाई बोल्न दिनुभयो । कार्कीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताउनुभयो ।
त्यसपछि बोल्ने समय पाउनुभएका राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएसम्म विरोध कायमै रहने बताउनुभयो ।
त्यसपछि दुवै दलका सांसदहरू बैठकबाट बाहिरिए । अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्