सिन्धुलीमा १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन

सिन्धुलीमा १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन

काठमाण्डाै – सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा रहेका उर्मिला हायूसहित १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।

 

एकान्तमा रहेको घरमा छिमेकी पुग्दा कोही पनि नभेटिएपछि आज प्रहरीसहितको टोली पुग्दा कोही पनि नभेटिएको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभएको छ । सम्पर्कविहीन रहनेमा ५२ वर्षीया उर्मिलासँगै उहाँका ६ जना छोरा, ६ जना छोरी, एक जना ज्वाइँ, एक जना बुहारी र एक जना नाती रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

उर्मिलाका श्रीमान‍्काे तीन वर्षअघि निधन भएको थियो । जस्तापाताले छाएको मूल घरको पालीमा खरले छाएको भान्साकोठा थियो । आगलागीले भान्साकोठा जलेको देखिन्छ । उनीहरूले शुक्रवार सुँगुर काटेर खाएको छिमेकीले बताएका छन् । बाख्रा, कुकुर र भैँसी भने त्यहीँ छाडेका छन् ।

 

अल्पसङ्ख्यक लोपोन्मुख हायू जाति भएकाले उनीहरूले प्रतिव्यक्ति महिनाको चार हजार रुपैयाँ भत्ता पाउँछन् । बिहीवार मात्रै हायू परिवारले भत्ताको सिफारिश लिएका वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

सम्पर्कविहीन भएका हायू परिवारको खोजी भइरहेको भए पनि अहिलेसम्म सम्पर्कमा नआएका प्रहरीले जनाएको छ । उनीहरूले प्रयाग गर्ने मोबाइल स्विच अफ गर्नुअघि रामेछापको मन्थलीमा रहेको टावरसँग कनेक्शन देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, साउन १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij