बर्दघाटमा बस दुर्घटना: एकको मृत्यु, १२ जना घाइते

बर्दघाटमा बस दुर्घटना: एकको मृत्यु, १२ जना घाइते

नवलपरासी ,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा आज दिउँसो भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन्।

बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुबाहक बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका ति यात्रुलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल ल्याइएको छ भने अन्यको उपचार बर्दघाटका स्थानीय स्वास्थ्य संस्थामा भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए।

डिएसपी पन्तका अनुसार अगाडि गइरहेको अटो रिक्शालाई जोगाउने प्रयासमा बस अनियन्त्रित भई विपरीत लेनमा पल्टिएको थियो। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij