लोकतान्त्रिक खेलकुद संघ रुपन्देहीको नयाँ कार्यसमिति चयन

लोकतान्त्रिक खेलकुद संघ रुपन्देहीको नयाँ कार्यसमिति चयन

भैरहवा, नेपाल लोकतान्त्रिक खेलकुद संघ रुपन्देहीको नयाँ कार्यसमिति चयन भएको छ । भैरहवामा आयोजित अधिवेशनबाट कमल जि।सी।को नेतृत्वमा १७ सदस्यीय नयाँ समिति निर्वाचित बनेको हो । यसअघि रहेको तदर्थ समिति नै अधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित भएको संघले जनाएको छ ।

समितिमा रुपन्देहीमा रहेका नयाँ र पुराना किर्तिमानधारी खेलाडी छनौट भएका छन् । संघको उपाध्यक्षद्वयमा मुकेश कुँवर र खुश्बु चौधरी, सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा प्रियबन्धु न्यौपाने र सह–सचिवमा अर्जुन कुँवर निर्वाचित हुनुभएको छ । अध्यक्ष जि।सी।का अनुसार सदस्यमा मोतिकला गुरुङ, सरस्वती लामगादे, नारायण थापा, रमेश पन्त, कपिल गौतम, बुद्ध महर्जन, रामप्रसाद कहार, सन्देश पोखरेल, विकास नारायण श्रेष्ठ, निरज नारायण श्रेष्ठ र प्रभात गुरुङ निर्वाचित हुनुभएको छ ।

संघका अध्यक्ष जि।सी।ले नयाँ समितिले रुपन्देही जिल्लाभर खेल गतिविधिलाई तीव्रता दिनुका साथै विगतमा भैरहवामा सञ्चालन भएर हराएका खेल प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल जिल्ला सभापति तथा सिद्धार्थनगर नगरपालिका–१३ का वडाक्ष्यक्ष सोमबहादुर गुरुङले संघको उत्कृष्ट कार्यसमिति चयन भएको उल्लेख गर्दै आगामी दिनमा खेल गतिविधिमार्फत युवाहरुलाई एकजुट गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशनमा नेपाली काँग्रेस नगर सभापति कोशिष बहादुर खड्काले आफू ३० वर्षभन्दा लामो समयदेखि खेलमा आबद्ध रहेर अगाडि बढिरहेको जनाउँदै आगामी दिनमा लोकतान्त्रिक खेलकुद संघसित सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लामा ख्यातीप्राप्त खेलाडीको सहभागीतामा कार्यसमिति गठन भएको जनाउँदै आगाामी दिनमा पार्टी र खेलप्रति केन्द्रित हुन आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल तरुण दल सिद्धार्थनगरका सभापति दीपेन्द्र बुढाप्रितीले पद मात्र हासिल गरेर संघको विकास नहुने जनाउँदैं आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij