बुटवल
गुल्मीका विकट क्षेत्रमा रहेको बाझकटेरी ( मदाने) भुसाल सम्र्पक समाज रुपन्देहीको ११ औं वार्षिक साधारण सभा बुटवलमा विविध कार्यक्रम गरी मनाईएको छ । समाज स्थापना नभएको भए आफ्ना गोतिय दाजुभाईहरुको भेटघाट हुनका लागि समस्या हुने गरेको कार्यक्रममा सहभागिहरुले औल्याएका थिए । भुसाल सम्र्पक समाज जस्तै देशैभरी स्थापना भएका यस्तै समाजहरुले गर्दा सामाजिक कार्यगर्न सहज हुने गरेको धारणा सहभागिहरुले राख्नु भएको थियो । समाजका संस्थापक अध्यक्ष हिमालय प्रसाद भुसालले समाज गठन र समाजले गर्न खोजेका कामका वारेमा प्रकाश पार्नु भएको थियो । संस्थापक अध्यक्ष भुसालले समाजले भुसालहरुको संस्कृति संस्कार भेष भुसाको जर्गेना गदै त्यसको संरक्षणका लागि गुल्मीको बाझकटेरीमा जन्म भै तराईका जिल्लामा विभिन्न कारणले बसाई सराई गरेकाहरुका बीच एकता कायम गरी एक आपसमा भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन सहज भएको धारणा राख्नु भयो ।
कार्यक्रममा समाजका अध्यक्ष रामचन्द भुसालले सामाजिक सेवा भावले स्थापना भएको समाजमा आजिवन सदस्यका रुपमा १७२ जनाले सदस्यता लिनु भएको भन्दै समाजले गर्ने हरेक कार्यमा राजनैतिक, जातीय र भाषिक रुपमा विभेद नहुने गरी विद्यानमा स्पष्ट व्यवस्था गरिएको बताउनु भयो । अध्यक्ष भुसालले समाजले विगतमा गदै आएका राम्रा कामलाई निरन्त्रता दिदै आएको र जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रमलाई जारी राखेको पनि बताउनु भयो ।
सो अबसरमा कोषाध्यक्ष पुष्कर भुसाल र लेखा समिती संयोजक तुल्सी भुसालले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको सचिव बावुराम भुसालले बताउनु भयो । कार्यक्रममा समाजका सललाहकार भक्तिराम भुसाल, पूर्व सचिव केदार भुसाल, प्रेस सल्लाहकार यमलाल भुसाल सैनामैना नगरपालिका वडा नम्बर ११ का वडा सदस्य अशोक भुसाल सहसचिव सरस्वती भुसाल लगायतले समाजले गरेका सराहनीय कार्यको प्रसम्सा गदै अझै नमूना काम गर्न सुझाव दिनु भएको थियो । सोही समारोहमा ३ जना ८० वर्ष पुरा हुनु भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, साउन १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्