काठमाण्डाै – बबई नदीका कारण दाङ र बर्दियामा बाढीको उच्च जोखिम छ । बबई नदीमा जलसतहले खतराको तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७ दशमलव १ मिटर पुगेको छ । बबई नदीमा ५ दशमलव ५ मिटरलाई चेतावनीको तह र ६ दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ ।

खतराको तह पार गरेकाले बबई नदी किनार र होचा भागमा उच्च सतर्कताका अपनाउन आग्रह गरिएको छ ।  विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, पालिका र नागरिकलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिनुभयो ।

दाङका राप्ती तथा बबई नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा नै रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्नुपर्ने अवस्था आइपर्न सक्ने भन्दै प्रशासनले तत्काल पूर्वतयारी गर्न आह्वानसमेत गरेको छ ।

बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आज बिहान महाकालीमा पानीको सतह १ लाख २४ हजार क्युसेक पुगेको हो । महाकाली नदीमा पानीको सतह १ लाख क्युसेक पुगेपछि खतरा मानिन्छ ।

आज दाङ, बाँके, बर्दिया, चितवन, कैलाली, कञ्चनपुर, काभ्रे, मकवानपुरसहित आसपासका जिल्लामा बहने नदीको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij