गौतम बन्धु राष्ट्रिय समाज लुम्बिनी प्रदेश समन्वय समितिको पदस्थापन कार्यक्रम सम्पन्न

गौतम बन्धु राष्ट्रिय समाज लुम्बिनी प्रदेश समन्वय समितिको पदस्थापन कार्यक्रम सम्पन्न

तिलोत्तमा, गौतम बन्धु राष्ट्रिय समाज लुम्बिनी प्रदेश समन्वय समितिको पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। समाजका पदाधिकारीहरूकोे सपथ ग्रहण एवं पदस्थापन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द गौतमले अत्रि गोत्रीय गौतम बन्धुहरुको ईतिहास कोट्याउँदै गौतम हरू अत्रि ऋषिका सन्तान भएको, परापुर्व कालमा नेपालकोे जुम्ला जिल्ला हुँदै पश्चिमको गोतामकोट र पछि देश तथा विदेशका विभिन्न क्षेत्रमा छरिएर बसेको तथ्य प्रस्तुत भयो । करिब १९(२० लाखको संख्यामा रहेका गौतम बन्धुहरुलाई ूगौतम बन्धु राष्ट्रिय समाज ले एकबद्ध हुन, आफ्ना मौलिक कला संस्कृति र मूल्य मान्यताहरूको जगेर्ना गर्न, आपसी भाईचाराको विकास गर्न, सम्पूर्ण गौतमहरुको वंशलता तयार सबैलाई आफ्नो अगाडि र पछाडिको १० पुस्ता सम्मको विवरण सहजै प्राप्त गर्न आवश्यक सूचनाहरू संकलन तथा सम्बन्धित व्यक्तिलाई प्रेशणर अद्यावधिक गर्न आव्हान गरिरहेको कुरा उहाँले जानकारी गराउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरुले प्रमुख अतिथि एवं केन्द्रीय समितिका उपाध्यक्ष मदन गौतम द्वारा प्रमाण पत्र ग्रहण गर्नुभएको थियो । यस सँगै कार्यक्रमका अध्यक्ष एवम् केन्द्रीय उपाध्यक्ष गोविन्द गौतम द्वारा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो।

समाजले पश्चिम रुकुमको गोतमकोटमा करिब २५ फुट अग्लो महर्षि अत्रि ऋषिको स्तम्भ निर्माणको शिलान्यास गरिसकेको पनि जानकारी गराइएको थियो।

लुम्बिनी प्रदेश समन्वय समितिका अध्यक्ष किशोर गौतम द्वारा सम्पूर्ण उपस्थितलाई धन्यबाद दिँदै आगामी दिनमा समाजाई अत्यन्त सक्रियताका साथ अगाडी लैजाने प्रतिबद्धता जनाउनुभयो।

विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक, प्राज्ञिक, व्यवसायी, बहालवाला तथा निवृत्त राष्ट्र सेवक कर्मचारी र विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका करिब ३५ बढी गौतम बन्धुहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश समन्वय समिति सचिव सुनिल कुमार गौतमबाट भएको थियो ।

प्रदेश समितिका उपाध्यक्ष तिलकराज गौतमको स्वागत मन्तव्य सँगै खिदिम गौतम समाजका सल्लाहकार सुरेन्द्र गौतम, थोर्गा गौतम समाजका उपाध्यक्ष रविलाल गौतम तथा वरिष्ठ व्यक्तित्व पुण्य प्रसाद गौतमले आ(आफ्नो मन्तव्य राख्नुभएको थियो । ।

प्रकाशित मिति : शनिबार, साउन २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij