काठमाडौँ — हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । यस कारण देशभर सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने बाँकी भूभागका एक–दुई स्थानमा वर्षा भएको छ। सोमबार देशका पहाडी भूभागका धेरै स्थान र मधेश प्रदेशसहित तराईका केही भागमा पनि मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
मौसम विज्ञहरूले वर्षाका कारण पहिरो, भू–क्षय र जल–जमावको जोखिम रहन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्