बुटवल हस्पिटलमा एक्सपर्ट एजुकेशनका विद्यार्थी र कर्मचारीलाई उपचार छुट

बुटवल हस्पिटलमा एक्सपर्ट एजुकेशनका विद्यार्थी र कर्मचारीलाई उपचार छुट

बुटवल — एक सय शैयाको अनुमति प्राप्त बुटवलकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न बुटवल हस्पिटल प्रा.लि. र एक्सपर्ट एजुकेशन बीच उपचार सहकार्यका लागि सम्झौता भएको छ।
एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी बुटवलसँग सम्बद्ध शाखाहरूको समेत सहभागितामा सम्पन्न उक्त सम्झौताअनुसार, एक्सपर्ट एजुकेशनका बोर्ड सदस्य, कर्मचारी तथा उनका परिवारका साथै अध्ययनरत विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सेवा उपलब्ध गराइनेछ।
अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, सम्झौताको माध्यमबाट सहुलियत दरमा उपचार सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ। “बुटवल हस्पिटल सबैको स्वास्थ्य संस्था भएकाले हामी सबैसँग हातेमालो गर्दै अघि बढ्छौं,” अध्यक्ष पौडेलले भने।
सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, जनरल म्यानेजर देवेश कर्ण, बजार प्रमुख सुमन तिमिल्सिना, एक्सपर्ट एजुकेशनका निर्देशक शंकर सापकोटा, प्रशासन प्रमुख विष्णु अधिकारी लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
यस सहकार्यपछि एक्सपर्ट एजुकेशनका कर्मचारी, सञ्चालक तथा विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सुविधा प्रदान गरिनेछ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij