लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

तिलोत्तमा , लायन्स क्लब अफ शंकरनगर, रुपन्देहीले युवाहरुलाई जलवायु परिवर्तन र पर्यावरण प्रति जिम्मेवार र जागरुक बनाउने र बिपद ब्यवस्थापन गर्ने उद्देश्यले विपद ब्यवस्थापन स्वयंसेवक समूह गठन गरेको छ ।

क्लवका अध्यक्ष दीपक भट्टराईको पहलमा ञहाम्रो क्लब हाम्रो समुदायको लागिझ भन्ने उद्देश्य सहित भिमराज क्षेत्रीको संयोजकत्वमा नवयुवा क्लब र जनजागृती युवा क्लबका २(२ जना प्रतिनिधि सदस्य रहनेगरी ५ सदस्यीय विपद ब्यवस्थापन स्वयंसेवक समूह गठन गरिएको हो ।

सोही अवसरमा प्रकोप राहत अन्तर्गत क्ल्वले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र ९बन बाटिका०लाई अग्नी नियन्त्रण यन्त्र प्रदान गरेको छ ।

 

क्ल्वका जिएल्टी कोअर्डिनेटर मुकुन्द ज्ञवालीले शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य खिमलाल पाण्डेलाइ अग्नी नियन्त्रण यन्त्र प्रदान गर्नुभएको हो ।

सो अवसरमा युवा सशक्तिकरणका सवालमा अन्तर्कृयात्मक कार्यक्रम भएको थियो भने कार्यक्रम संयोजक लायन भिमराज क्षेत्रीले क्ल्वले सामाजिक उत्तर्दायित्व अन्तर्गत गरेका कार्यक्रम र युवा शसक्तिकरणको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।

 

क्लवका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक एडभाइजर लायन लक्ष्मण पाठक, जोन चियर पर्सन लायन मनोज नेपाल, जिएल्टी कोअर्डिनेटर लायन मुकुन्द ज्ञवाली, आइपिपी पुरुषोत्तम आचार्य, शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य खिमलाल पाण्डे, नवयुवा क्लबका अध्यक्ष सुरज गौतम ज्यु, जनजागृती युवा क्लबका अध्यक्ष बिदुर के सी, क्ल्वका प्रथम उपाध्यक्ष्य लायन गोपाल कार्की, सचिव लायन सुमन पाठकलगाएतले बोल्दै क्लवले समाजिक उत्तरदायित्व अन्तरगत गरेका सबै कार्य प्रशम्सनिय रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिन सुझाव दिनुभयो ।

सोही अवसरमा लायन्स क्लब अफ शंकरनगर रुपन्देहिको दोस्रो बोर्ड तथा जनरल बैठक समेत बसेको थियो ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij