बुटवल , भारतबाट बिना अनुमति र बिना भन्सार नेपाल प्रवेश गरेको भारतीय नम्बरको कार सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं १७ रानिगन्ज स्थित बुटवल बाट रानिगंज हुदैं बेथरी जाने सडकखण्डबाट भारतीय नम्बर प्लेटको कार सहित कपिलबस्तु महाराजगन्ज नगरपालिका वडा नं. ३ करहवा स्थायी ठेगाना भई बुटवल उप-महानगरपालिका वडा न. १७ रानिगन्ज बस्दै आएका ३० वर्षिय प्रिन्स भुजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला भुजले चलाएको भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी मूल्य २६ लाख बराबरको AS11W1250 नम्वरको मोडल नं. २०२१ टाटा नेक्सन कम्पनिको सेतो रंगको कार सहित प्रिन्स भुजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजलाई गते आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्