कांग्रेसको पदाधिकारी र एमालेको संसदीय दलको आकस्मिक बैठक, उपसभामुख हटाउने प्रस्तावबारे छलफल हुँदै

कांग्रेसको पदाधिकारी र एमालेको संसदीय दलको आकस्मिक बैठक, उपसभामुख हटाउने प्रस्तावबारे छलफल हुँदै

काठमाडौँ — एमालले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान बोलाइएको आकस्मिक बैठकमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल हुन लागेको एक नेताले पुष्टि गरे ।

यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । संसदीय दलको बैठकमा जाँदै गरेका एक नेताले भने, ‘हामीलाई आकस्मिक बैठकमा आउन पर्‍यो भनेर बोलाइयो । छलफलको एजेन्डा भने त्यहीँ पुगेपछि थाहा होला ।’

उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ ।

स्रोतका अनुसार उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij