उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेस विभाजित

उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेस विभाजित

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयोजनका लागि भएको हस्ताक्षरमा नेपाली कांग्रेस विभाजित भएको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक जनामात्रै सांसदले हस्ताक्षर गरेका छन् । कोइरालाको पक्षबाट सांसद दिलेन्द्र बडुलेमात्रै हस्ताक्षर गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेको उनी पक्षधरका नेताहरूले बताउँदै आएका छन् ।

मंगलबार भएको हस्ताक्षरमा बडूमात्रै उपस्थित भएका हुन् । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलबार हस्ताक्षर गरेनन् ।

महामन्त्री थापा उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर गर्ने निर्णय भएको सोमबार साँझको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि सहभागी थिएनन् ।

महामन्त्री थापाको पक्षमा रहेकी सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेकी छिन् । यसअघि पोहोर भदौ २५ गते पनि उपसभामुख रानालाई हटाउने तयारी नेताहरूले गरेका थिए । त्यसबेला पनि शेखर कोइरालाले असहमति जनाएपछि रोकिएको थियो ।

 

प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij