काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन् ।
सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको सम्बोधन यसअघि भदौ ६ गतेका लागि तय गरिएको थियो । तर, कुनै कारणवश स्थगित भएको उक्त सम्बोधन अब शुक्रबारका लागि पुनः तय गरिएको हो ।
प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्