बुटवल,
जेन–जी पुस्ताका युवाहरुको आन्दोलनका कारण देशमा सुरक्षाको अवस्था कमजोर भएकाले सहज नहुंदासम्म पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले यातयातका साधन तथा ट्रकहरु नचलाउने भएको छ ।
मंगलबार समितिका अध्यक्ष टिकाराम गौतमले विज्ञप्ती जारी गरी मुलुकको यस गम्भीर र विषम परिस्थितीमा शान्ति सुरक्षाको अवस्था सहज नहुंदासम्म् आफ्ना सवारीका साधनहरु नचलाउन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
शान्ति सुरक्षाको अवस्था सहज नभएसम्म आफ्ना सम्पूर्ण सवारी साधनलाई लोड अनलोड नगराई सुरक्षित आफ्नो घर वा ग्यारेजमा राख्न अध्यक्ष गौमतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजो भदौ २३ गते जेन–जी पुस्ताका युवाहरुले सरकारले बन्द गरेको सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न माग गर्दै भ्रष्टाचारको बिरोध र सुशासन पक्षको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकप्रति पश्चिमाञ्चल यातायात व्यवसायी समितिले भावपूर्ण श्रदाञ्जली अर्पण गरेको छ ।
मृतकप्रति श्रदाञ्जली अर्पण गदै समितिले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । आन्दोलनका क्रममा घाईते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको निःशुल्क उपचार गराउन राज्यसंग पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले माग गरेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्