बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

 

बुटवल । बुटवलको सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।

मंगलबार उग्र बनेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताएका छन् । घटनापछि कार्यालय परिसरमा धुवाँको मुस्लो देखिएको र वरपरको क्षेत्र अशान्त बनेको प्रत्यक्षदर्शीहरू बताउँछन्

सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि त्यहाँको परिस्थिती केही समय तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij