नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर

नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर

हेटौँडा , मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्गअन्तर्गत चुरियामाईमा नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।

आज दिउँसो नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्षबिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको ४ वटा नेपाली सेनाको ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक बारा र मकवानपुरको सिमाना नजिक रहेको कल्भटमा पल्टिँदा उनीहरू घाइते भएका हुन्।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेहरू सबैको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाइएको बताए। उक्त ट्रकमा २२ जना सैनिक सवार रहेको अर्यालले जानकारी दिए।

प्रकाशित मिति : मंगलबार, भाद्र ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij