काठमाडौं , गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक खण्डमा पहिरो खोल्ने क्रम रोकिएको छैन । मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समय लाग्ने भएको छ ।
सडक डिभिजन भरतपुरले हाल २ वटा लोडर र एउटा एक्स्ट्राभेटर तयारी अवस्थामा राखिएको जानकारी दिदै पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन शुरु गर्न नसकेको जानकारी दिएको छ । पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ ।
प्रहरीले आज सडक खुल्ने सम्भावना कम रहेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति : शनिबार, असोज ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्