निवृत्त राष्ट्रसेवक समाजको निवृत्त स्वर्णिम यात्रा बिमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

निवृत्त राष्ट्रसेवक समाजको निवृत्त स्वर्णिम यात्रा बिमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

तिलोत्तमा, निवृत्त राष्ट्रसेवक समाज नेपालको निवृत्त स्वर्णिम यात्रा बिमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

निवृत्व राष्ट्रसेवक समाज, नेपाल नगर कार्यसमिती बुटवलले विजयादशमी तथा शुभ दिपावली र छठ पर्व २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा ‘निवृत्त स्वर्णिम यात्रा’ नामक पुस्तकको विमोचन गरेको हो ।

सबै निवृत्त राष्ट्रसेवक एक हौं भन्ने नारा सहित निवृत्त राष्ट्रसेवक समाज नेपालको आयोजनामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले निवृत्त राष्ट्रसेवक समाजले बुटवलको शिक्षा क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आफ्नो निवृत्त राष्ट्रसेवक समाजले जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो । उहाँले निवृत्त कर्मचारीको अनुभव र सल्लाह लिएर उपमहानगरपालिका अगाडी बढ्ने बताउनुभयो । बुटवलमा शिक्षाको क्षेत्रमा आबश्यक पर्ने सुझाव दिन, आफ्नो राय राख्न पनि उहाँले आग्रह गर्नुभयो। मुलुकको कठीन अबस्थामा पनी समाजले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो। सो अवसरमा केन्द्रीय सल्लाहकार तिलकराम शर्मा ले समाजले स्थापनाको छोटो समयमा नै धेरै काम गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अत्यन्त उदार रुपमा स्मारिका प्रकाशन गरेको बताउनुभयो।

निवृत्त स्वर्णिम यात्रा का बारेमा प्रधान सम्पादक उत्तर कुमार पराजुलीले प्रकाश पार्नुभएको थियो। सो अवसरमा समाजका अध्यक्ष भोज बहादुर केसी,पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, नविन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, समाजका सल्लाहकार डबल बी.सी. ,प्रा. आनन्द मान सिंह शाक्य, जिल्ला सदस्य पूर्ण चन्द्र तिवारी , रामचन्द्र तिवारी, उपेन्द्र ज्ञवाली,हेम बहादुर क्षेत्री, लोकनाथ उपाध्याय लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो।

 

राष्ट्रसेवक कर्मचारीको रुपमा सेवा गरेर सेवा निवृत्त पश्चात बुटवलमा बस्दै आइरहनुभएका निवृत्त राष्ट्रसेवकहरुको सहभागितामा २०८१ जेठ २६ गते भोज बहादुर केसी को अध्यक्षतामा पहिलो पटक निवृत्व राष्ट्रसेवक समाज नेपाल नगर कायसमिती बुटवल को स्थापना गरिएको थियो । स्थापना पश्चात यो संस्था विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएको छ ।

समाजका उपाध्यक्ष लक्ष्मण पोखरेल को स्वागत तथा सचिव मुकुन्दराज पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : बुधबार, असोज ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij