काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गर्नुभएको हो । यो सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिश गरेर राष्ट्रपति पौडेलले जारी गर्नुभएको पहिलो अध्यादेश हो ।
सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकेको छ । चुनाव तोकेपछि मतदाता नामावली सङ्कलन गर्न नमिल्ने व्यवस्था थियो । त्यसैले सरकारले अध्यादेश ल्याएर कानून संशोधन गरेको हो । अब निर्वाचन आयोगलाई चुनावसम्बन्धी प्रक्रिया अघि बढाउँदै मतदाता नामावली पनि सङ्कलन गर्न बाटो खुलेको छ । अध्यादेश जारी गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नुभएको थियो ।
जेन–जी आन्दोलनका कारण संसद् विघटन भएर चुनाव हुन लागेको हो । तर चुनावमा जेन–जी समूहका धेरै मताधिकार प्रयोगबाटै वञ्चित हुन सक्ने अवस्थालाई ख्याल गरेर सरकारले मतदाता नामावली सङ्कलनका लागि बाटो खुला गरिदिएको हो ।

अन्तिम अपडेट: असोज
प्रकाशित मिति : बुधबार, असोज ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्