नवलपरासीमा घरायसी बिबादमा श्रिमानले गरे श्रीमतीको हत्या

नवलपरासीमा घरायसी बिबादमा श्रिमानले गरे श्रीमतीको हत्या

कावासोती , पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, सगरमाथा टोलमा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

घरेलु विवादका क्रममा ४२ वर्षीय श्रीमान सूर्यप्रसाद पाण्डेले ३७ वर्षीया पत्नी संगिता पौडेललाई हिजो चक्कु प्रहार गरेर हत्या गरेका हुन्।

पाण्डेले घरको बैठक कोठामा श्रीमतीलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

घाइते भएकी पौडेललाई प्रहरीले तत्काल उद्दार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याए पनि उपचारका क्रममा साँझ ७ बजेर १५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

श्रीमतीको हत्या गरेपछि पाण्डेले प्रहरी समक्ष आफै पुगेर आत्मसमर्पण गरेका थिए ।

 

प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij