विमानस्थल नजिक क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने

विमानस्थल नजिक क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा नजिकको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएका कारण त्यो नगर्न आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवम् क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेर गर्नेलाई कारबाही हुनेछ ।’

दशैँ शुरू भएसँगै चङ्गा उडाउने गतिविधि बढ्दै गएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij