एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । हिजो सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’ मा रहेका विभिन्न निकायसँगको समन्वय बैठकमा प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।

 

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्ने गरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गर्नुभयो ।

 

सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । बैठकमा ११ वटै क्लस्टरका ‘लिड्स’ र ‘को–लिड्स’ले राहत व्यवस्थापनका लागि आ–आफ्नो निकायको सामथ्र्य एवम् विपद् प्रभावित क्षेत्रमा ती निकायबाट भइरहेका राहतका कामका बारेमा जानकारी गराएका थिए ।

 

क्लस्टरले विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनःलाभसम्मका लागि काम गर्नेछन् । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार पर्दछन् ।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij