बुटवल- असोज रोटरी क्लव अफ बुटवलको १५८३ औ रोटरीयन इन्फरमेशन मिटिङ शनिवार बुटवलमा सम्पन्न भएको छ । मिटिङमा रोटरी क्लव अफ बुटवलका पूर्व सचिव तथा प्रोफेशर रोम शर्माले रोटरीयन किन हुने र रोटरीयन बन्नका लागि अबलम्बन गर्नु पर्ने आचरणका वारेमा प्रकाश पार्नु भएको थियो । प्रोफेशर शर्माले कुनै व्यक्ति रोटरीयन हुनका लागि स्वार्थ भन्दा माथी सेवा भने भावनावाट प्रेरित व्यक्तिमात्र रोटरीयन बन्न सक्ने बताउनु भयो । रोटरीयनमा लाग्नेहरुले गरीबी, अशिक्षीत, स्वास्थ्य क्षेत्रमा पछाडी परेकाहरुको सेवा गर्न मन भित्रैवाट तलिन हुनु पर्नेमा जोड दिनु भयो । रोटरी क्लव सेवा गर्ने प्लेट फम भएकाले सेवा संगै पेशा व्यवसायको पनि नेटवर्किङ गरी त्यसको पनि प्रमोशन गर्न सकिने कुरामा प्रोफेशन शर्माले औल्याउनु भयो । पैसा हुनेले पैसा नहुनेले आफूसंग भएको विज्ञता र समय हुनेले समय दिएर भएपनि सामाजिक सेवा भावमा जोडिनका लागि रोटरी क्लवहरुमा आवद्धता हुन सकिने धारणा उहांले राख्नु भयो । रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले रोटरी क्लवले गरेका सामाजिक कार्यको वारेमा प्रकाश पादै रोटरीयनहरुले पालना गर्नु पर्ने विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा रोटरीयन मन्जु भुसाल लगायतले समसामयीक विषयमा प्रकाश पार्नु भएको सचिव शिब कुमार ज्ञवालीले बताउनु भयो ।
प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्